लायन्स क्लब अफ बुटवलद्वारा पशुपति माबिमा जुत्ता,मोजा वितरण

रुपन्देही खबर , ८४  पटक हेरिएको

भैरहवा,पुस १५
लायन्स क्लब अफ बुटवल हेल्पिङ ह्यान्ड्सले रुपन्देहीको रोहिणी गाउँपालिका–६ पर्सामा रहेको श्री पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा १० सम्मका ३५० जना विद्यार्थीलाई सोमबार जुत्ता तथा मोजा वितरण गरेको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद धवलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष धवलले जाडो मौसममा विद्यार्थीहरूलाई लक्षित गरी गरिएको सहयोग अत्यन्तै सराहनीय रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,

“जाडोको समयमा बालबालिकाको स्वास्थ्य र पढाइलाई ध्यानमा राखेर लायन्स क्लब अफ बुटवल हेल्पिङ ह्यान्ड्सले गरेको यो सहयोग विद्यालय परिवारका लागि ठूलो राहत हो। यस्ता सामाजिक संस्थाको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक वातावरण अझ मजबुत बन्छ।”

अध्यक्ष धवलले विद्यालयको शैक्षिक, भौतिक तथा समग्र विकासका लागि भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको उल्लेख गर्दै लायन्स क्लबप्रति आभार व्यक्त गर्नुभएको थियो ।

लायन्स क्लब अफ बुटवल हेल्पिङ ह्यान्ड्सले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जनाएको छ। विद्यालय परिवारले क्लबले आगामी दिनमा पनि विद्यालयको चौतर्फी विकासका लागि सहयोग र माया गरिरहने पूर्ण विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा अभिभावक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ताहिर अली,युवा नेता ओमप्रकाश गुप्ता लगायत अभिभावक ,विद्यार्थी लगायतको उपस्थिति तथा सहयोग रहेको थियो।

प्रकाशित मिति: २०२५-१२-३० , समय : १०:४३:३७ , ४ घन्टा अगाडि