शिक्षक–कर्मचारी सम्मान गर्दै एनप्याब्सन सिद्धार्थनगरले मनायो २८ औँ स्थापना दिवस

उर्मिला यादव यात्री , १०३  पटक हेरिएको

भैरहवा, पुस २९

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) सिद्धार्थनगर, रुपन्देहीले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा आइतबार भैरहवामा एक कार्यक्रमका बिच लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ ।

एनप्याब्सन सिद्धार्थनगरका अध्यक्ष अमित यादवको अध्यक्षता तथा एनप्याब्सनका केन्द्रीय उपमहासचिव विष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एनप्याब्सन सिद्धार्थनगरमा आबद्ध विद्यालयका १५ जना शिक्षक तथा कर्मचारीहरुलाई दीर्घ सेवा बापत सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनप्याब्सनका केन्द्रीय उपमहासचिव पौडेलले एनप्याब्सनले निजी शिक्षा क्षेत्रलाई संस्थागत रूपमा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ ।

उहाले “निजी तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक–कर्मचारी राष्ट्र निर्माणका महत्वपूर्ण आधार भएको बताउदै एनप्याब्सनले उनीहरूको हकहित र पेशागत सुरक्षा, बिद्यालय संचालकहरुका लगानीको सुरक्षाका लागी पनि निरन्तर आवाज उठाउँदै आएको बताउनु भएको छ । उहाले एनप्याब्सन सिद्धार्थनगर, रुपन्देहीले भैरहवामा खेल्दै आएको भुमिका बारे प्रशंसा समेत गर्नु भएको थियो ।

यस्तै गरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एनप्याब्सनका केन्द्रीय सल्लाहकार राजु गुरुङले दीर्घ सेवा गरेका शिक्षक तथा कर्मचारीको अनुभव नै संस्थाको बलियो आधार भएको बताउँदै “अनुभवी शिक्षक र कर्मचारी बिना शैक्षिक संस्थाको निरन्तरता सम्भव नै नहुने जोड दिनु भएको छ ।

उहाले शिक्षामा गुणस्तर, अनुशासन र नैतिकताको आवश्यकता औँल्याउँदै दीर्घ सेवा गरेका शिक्षक तथा कर्मचारीप्रति सम्मानले उनीहरुको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा टिकिरहन थप प्रेरणा दिने बताउनु भएको छ ।”

त्यस्तै गरी एनप्याब्सनका केन्द्रीय सदस्य बिल बहादुर गुरुङले सम्मान कार्यक्रमले संगठन र सदस्य विद्यालयबीचको सम्बन्ध अझ मजबुत बनाएको बताउनु भएको छ । उहाले “यस्ता कार्यक्रमले शिक्षक तथा कर्मचारीलाई संगठनप्रति अपनत्वको भावना दिलाउनुका साथै यसले शैक्षिक वातावरणलाई सकारात्मक बनाउँदै विद्यार्थीको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गर्नु भयो ।

यस्तै गरी एनप्याब्सन सिद्धार्थनगरका अध्यक्ष अमित यादवले “निजी तथा आवासीय विद्यालयहरू आजको अवस्थामा आइपुग्नुको मुख्य आधार शिक्षक र कर्मचारीहरूको अथक मेहनत, अनुशासन र पेशागत इमान्दारिता भएको बताउनु भएको छ ।

उहाले सीमित स्रोतसाधन, बदलिँदो शैक्षिक नीति र चुनौतीपूर्ण परिस्थितिका बीच पनि शिक्षक र कर्मचारीले विद्यार्थीको भविष्य निर्माणमा कुनै सम्झौता नगरेको बताउदै शिक्षकहरुको समर्पणकै कारण निजी विद्यालयप्रति अभिभावकको विश्वास बढ्दै गएकोले उहाहरुको योगदानको कदर गर्नु हाम्रो दायित्व भएको जोड दिनु भयो ।” उहाले यस्ता सम्मानले नयाँ पुस्ताका शिक्षकहरूलाई पनि अझ जिम्मेवार र प्रेरित बनाउने बिश्वास ब्यक्त गर्नु भएको छ ।”

कार्यक्रमममा स्वागत मन्तव्य एनप्याब्सन सिद्धार्थनगरका सचिव एल.बी.रौतारले राख्नुभएको थियो भने कार्यक्रममा सहभागीहरूले एनप्याब्सनले आगामी दिनमा पनि शिक्षा क्षेत्रको विकास र शिक्षक–कर्मचारीको सम्मान तथा संरक्षणका लागि निरन्तर कार्यक्रम गर्दै जाने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा एनप्याब्सनमा आबद्ध बिद्यालयका शिक्षक तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०१-१३ , समय : १३:३६:५९ , ४ घन्टा अगाडि