फागुन १८ देखि २१ सम्म रुपन्देहीमा सीमा नाका बन्द रहने

रुपन्देही खबर , ७२  पटक हेरिएको

भैरहवा, फागुन १४

भारतसँग सीमा जोडिएका रुपन्देही जिल्ला सम्पूर्ण सीमा नाकाहरु २०८२ फागुन १८ गते सोमबार राती १२ बजेदेखि फागुन २१ गते बिहीबार राती १२ बजेसम्म बन्द हुने भएको छ ।

त्यस्तै फागुन २० गते बुधबार राती १२ बजेदेखि २१ गते बिहीबार मतदान कार्यसम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, दुग्धका ट्यांकर, दमकल, दुरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालनमा निषेध गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिनुभयो ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागि भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाकाहरु बन्द रहने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-२६ , समय : ०७:५२:११ , ४ घन्टा अगाडि