रुपन्देही खबर , ६५ पटक हेरिएको
काठमाण्डौ,फागुन २०
आज सुनको भाउ तोलामा ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ घटेर तोलामा ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ८ सय १५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: २०२६-०३-०४ , समय : १४:००:१७ , ३ घन्टा अगाडि