रुपन्देही–४ मा दिउँसो २ बजेसम्म ३९ प्रतिशत मतदान

रुपन्देही खबर , १०९  पटक हेरिएको

मर्चवार, फागुन २१

देशभर भइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ४ मा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताको उल्लेख्य उपस्थिति देखिएको छ।

निर्वाचन कार्यालयका अनुसार दिउँसो २ बजेसम्म यस क्षेत्रमा ३९ प्रतिशत मतदान भएको छ। कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेको क्षेत्रमा सो अवधिसम्म ४५ हजार ५ सय ८६ जनाले मतदान गरिसकेका छन्।

मतदान गर्ने मध्ये २२ हजार ८ सय ८२ पुरुष र २२ हजार ७ सय ४ महिला मतदाता रहेका छन्। निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रहरूमा मतदाताको आगमन क्रम अझै जारी रहेको छ र साँझसम्म मतदान प्रतिशत अझ बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०२६-०३-०५ , समय : १५:५३:२१ , ४ घन्टा अगाडि