रुपन्देही खबर , १४० पटक हेरिएको
भैरहवा, फागुन २४
रूपन्देही निर्वाचन क्षेत्र नं. ३ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले शुद्धोधन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीमा धन्यवाद सभा गर्नुभएको छ।

निर्वाचनमा आफूलाई विजयी गराएकोमा थापाले मतदाता, समर्थक तथा सम्पूर्ण जनतालाई धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँले जनताले दिएको विश्वासलाई काममार्फत सार्थक बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
थापाले निर्वाचन केवल जित–हारको विषय मात्र नभई जनताको विश्वास र आशाको जिम्मेवारी भएको उल्लेख गर्दै अब रुपन्देही–३ को समग्र विकासका लागि आफू निरन्तर लागिरहने बताउनुभयो। धन्यवाद सभामा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२६-०३-०८ , समय : १९:५८:१४ , १ दिन अगाडि