उर्मिला यादव यात्री , १०५ पटक हेरिएको
भैरहवा, चैत ४
ब्राइट स्टार इंगलिस बोडिंग सेकेण्डरी स्कुल सिनपा १ रानीगाउं रुपन्देहीको ९ औं बार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण एवम सांस्कृतिक कार्यक्रम २०८२ बुधबार एक कार्यक्रमका बिच उत्साहजनक वातावरणमा सम्पन्न भएको छ । बिद्यालयका प्रबन्ध निर्देशक अमित यादवको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय सचिव विष्णु पौडेलको प्रमुख आतिथ्यतामा बुधबार बिद्यालयमा ९ औं बार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण एवम सांस्कृतिक कार्यक्रम २०८२ सम्पन्न भएको हो ।

कार्यक्रमको उदघाटन गर्नु हुदै उदघाटन सत्रका प्रमुख अतिथी एनप्याब्सन रूपन्देहीका जिल्ला अध्यक्ष बाबूराम बन्जाडेले विद्यालयले छोटो समयमै हासिल गरेको उपलब्धि प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले विद्यालय व्यवस्थापन, शिक्षक तथा अभिभावकबीचको सहकार्यले मात्र उत्कृष्ट शैक्षिक वातावरण सिर्जना हुने बताउँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै समापन सत्रका प्रमुख अतिथी बिष्णु पौडेलले अभिभावकहरुको सक्रिय सहभागिता, चासो र बिद्यार्थी संख्या र यहाको शैक्षिक नतिजा तथा बिद्यालयको टिमको अथक प्रयासले नै ब्राइट स्टार स्कुल भैरहवाको उत्कृष्ट बिद्यालयको रुपमा स्थापित भएको बताउनु भएको छ । उहाले शिक्षामा भौतिक बिकास संग संगै आध्यात्मिक बिकासलाई जोडेर लैजान सके मात्र समाजमा सहि ब्यक्ति उत्पादन गर्न सकिने बताउनु भएको छ ।
उहाले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक जीवनसँग जोडिनुपर्नेमा जोड दिदै वर्तमान समयको प्रतिस्पर्धात्मक विश्वमा टिक्नका लागि विद्यार्थीहरूलाई सीप, अनुशासन र नैतिकताको शिक्षा अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याइरहेको भन्दै उहाँले ब्राइट स्टार स्कुलको प्रगतिप्रति खुशी व्यक्त गर्नुभएको थियो ।

यस्तै गरी बिद्यालयका प्रबन्ध निर्देशक अमित यादवले बिद्यालयका शिक्षक र कर्मचारी लगायत बिद्यालयको सम्पुर्ण टिमको अथक प्रयासले नै ब्राइट स्टार इंगलिस बोडिंग स्कुलले शैक्षिक गुणस्तरमा फडको मारेको बताउनु भएको छ । उहाले यस बिद्यालयले बिगत ९ बर्षदेखि बिभिन्न संघर्ष गर्दै आएको र यसमा अभिभावकहरुको साथ र सहयोग पनि उत्तिकै पाएको बताउनु भयो ।

उहाले ब्राइट स्टार बिद्यालय नाम अनुसार नै चम्किदै गएको बताउदै उहाले बिद्यालयमा खेलमैदानको साथसाथै स साना बालबालिकाहरुको लागी छुटटै खेलपार्क सहित बिद्यालयले बिद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउनका लागी मन्टेश्वरी स्तरका शिक्षकहरुमार्फत अध्ययन अध्यापन गराउदै आएको जोड दिनु भयो । उहाले बिद्यार्थीहरुलाई प्रबिधीमैत्री शिक्षा प्रदान गर्ने समेत प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी ब्रहमाकुमारी ईश्वरीय बिश्व बिद्यालयका दुर्गा दिदीले आध्यात्मिक तथा नैतिक शिक्षाको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अनुशासन, संयमता र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिनुभयो। उहाँले जीवनमा सफल हुनका लागि राम्रो चरित्र र संस्कार सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो । उहाले बिद्यालयमा बिद्यार्थीहरुले धेरै कुरा सिक्न पाएको र ब्राइट स्टार इंगलिस बोडिंग स्कुलले छोटो समयमा नै गुणस्तरीय शिक्षा दिन सफल भएको जोड दिनु भयो ।

उहाले आध्यात्मिक शिक्षाले मानिसका मनमा रहेका बिकार हटाई समाजमा असल ब्यक्ति बनाउनमा महत्वपुर्ण भुमिका खेल्ने हुदा यस बिद्यालयले ओमशान्तिको मार्फत बिद्यार्थीहरुलाई अनुशासन सिकाउने गरेकोे बताउनु भएको छ । उहाले ब्यक्ति ठुलो बने पनि असल संस्कार ओतप्रोत भएन भने बिभिन्न प्रकारको दुर्घटना निम्तिन सक्ने भएकोले नैतिक शिक्षा सबैलाई आवश्यक भएको बताउनु भएको छ ।

यस्तै गरी विद्यालयका सहायक प्रधानाध्यापक राहुल यादवले स्वागत मन्तव्य राख्दै विद्यालयको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि तथा आगामी योजनाहरूको विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिइरहेको बताउँदै विद्यार्थीको सर्वाङ्गीण विकास नै मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । अभिभावक, शिक्षक र विद्यार्थीको समन्वयले मात्र विद्यालयलाई उत्कृष्ट बनाउने विश्वास व्यक्त गर्दै उहाँले सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै गरी, शिक्षिकाहरू संगीता यादव र गरिमा त्रिपाठीले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र विद्यार्थीहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै शिक्षण सिकाइ प्रक्रियामा निरन्तर सुधार गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँहरूले विद्यार्थीलाई आत्मविश्वासी, जिम्मेवार र सक्षम नागरिकका रूपमा तयार पार्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

यस्तै गरी विद्यार्थीको तर्फबाट कक्षा ५ की नफिसा खातुनले मन्तव्य राख्दै विद्यालयले आफूहरूलाई प्रदान गरेको शिक्षा, मार्गदर्शन र अवसरप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ । उहाले शिक्षकहरूको माया, सहयोग र प्रेरणाले आफूहरूलाई अगाडि बढ्न सहज भएको बताउँदै आगामी दिनमा अझ मेहनत गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेका विभिन्न सांस्कृतिक कार्यक्रम तथा नाचहरू रहेका थिए । परम्परागत तथा आधुनिक नृत्य, देशभक्ति गीत, नाटक, कविता वाचन तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिहरूले कार्यक्रमलाई अझ जीवन्त र रोचक बनाएको थियो ।

कार्यक्रमका शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा ल्याउने, अनुशासित, नियमित तथा अतिरिक्त क्रियाकलापमा सक्रिय विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो । यसले विद्यार्थीहरूमा थप उत्साह र प्रेरणा जगाएको विद्यालय प्रशासनले जनाएको छ । भने कार्यक्रम सञ्चालन विद्यालयका कक्षा ९ का विद्यार्थीहरू प्रल छेत्री, जैनव पठान, अभिषेक चौधरी र निशा गुप्ताले संयुक्त रूपमा गर्नु भएको थियो ।

समग्रमा कार्यक्रम अत्यन्त सफल, उपलब्धिमूलक र प्रेरणादायी रूपमा सम्पन्न भएको विद्यालयले जनाएको छ । यस किसिमका कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनका साथै सामाजिक तथा सांस्कृतिक चेतनामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

कार्यक्रममा ब्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा १ रानी गाउ रुपन्देहका प्राचार्य एल.बि, रौतार, स्कुलका सहप्राचार्य राहुल यादव, मोडर्न पब्लिक स्कुल भैरहवाका प्राचार्य मुकेश यादव, ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका को–अर्डिनेटर नारायण कश्यप, अनामिका जब लिंकका प्रबन्धक अनामिका यादव, सुर्यदेव मा.बिका प्रधानाध्यापक भरत गिरी, जसपा नेपाल बिद्यार्थी युनियनका बिरेन्द्र यादव, कौसल यादव लगायत बिद्यार्थी, बिद्यालयका शिक्षक ,अभिभावक लगायत सरोकारवाला निकायका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२६-०३-१८ , समय : १९:४९:१२ , ४ घन्टा अगाडि