रुपन्देही खबर , १३४ पटक हेरिएको
भैरहवा, चैत १५
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ रानीगाउं स्थित ब्राइट स्टार इङलिस बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा ९ का विद्यार्थीहरूले शनिबार एक कार्यक्रमका बिच विदाई गरेका छन् । बिद्यालयका प्रबन्ध निर्देशक अमित यादवको अध्यक्षता तथा ब्रम्हकुमारी ईश्वरीय विश्व विद्यालय भैरहवाकी प्रमुख शान्ति दिदीको प्रमुख आतिथ्यतामा कक्षा १० का बिद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आत्मीय वातावरणमा बिदाइ गरिएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि शान्ति दिदीले अनुशासन, निरन्तर मेहनत र सकारात्मक सोचले मात्र सफलता हासिल गर्न सकिने बताउदै उहाँले आगामी एसइइ परीक्षालाई आत्मविश्वासका साथ सामना गर्न विद्यार्थीहरूलाई आग्रह गर्नु भएको छ । उहाले विद्यालयबाट प्राप्त ज्ञान र सीपलाई जीवनमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै बिद्यालयका प्रबन्ध निर्देशक अमित यादवले आफ्ना भावपूर्ण अभिव्यक्तिमार्फत विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लक्ष्यप्रति दृढ रहन प्रेरित गर्दै सफल भविष्यको शुभकामना व्यक्त गर्नु भएको छ । उहाले विद्यालय सधैं उनीहरूको प्रगतिमा गर्व गर्ने बताउदै बिदाइलाई नयाँ यात्राको सुरुवातको रूपमा लिन आग्रह गर्नु भएको छ । प्रबन्ध निर्देशक यादवले चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न सुझाव दिनुभयो ।

उहाले विद्यार्थी जीवनलाई व्यक्तित्व निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै अनुशासन, परिश्रम र सकारात्मक सोचले मात्र जीवनमा सफलता हासिल गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीले विद्यालयबाट प्राप्त गरेको शिक्षा, ज्ञान र संस्कारलाई व्यवहारमा उतार्न सके मात्र त्यो शिक्षा सार्थक हुन्छ। आगामी एसईई परीक्षा तपाईंहरूको जीवनको महत्वपूर्ण मोड हो, त्यसैले आत्मविश्वासका साथ मेहनत गर्दै उत्कृष्ट नतिजा हासिल गर्नुस्।”
उहाँले विद्यार्थीहरूलाई समयको सदुपयोग गर्न, लक्ष्यप्रति दृढ रहन र समाजप्रति जिम्मेवार नागरिकका रूपमा अघि बढ्न प्रेरणा समेत दिनुभयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य एल.बि.रौतारले आयोजक विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व, सहकार्य र सिर्जनशीलता विकास गर्न मद्दत पुग्ने बताउनुभएको छ । उहाले सकारात्मक सोच, निरन्तर प्रयास र दृढ संकल्प नै सफलताको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई कहिल्यै हार नमान्न प्रेरित गर्नएको छ । उहाले कक्षा १० का बिद्यार्थीहरु अध्ययनको शिलशिलामा जहा गए पनि बिद्यालयको सधै साथ र सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ । उहाले बिद्यार्थीहरुको अमुल्य गहना नै अनुशासन भएकोले बिद्यार्थीहरु सधै अनुशासित र लगनशील हुनुपर्ने बताउनु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै सहप्राचार्य राहुल यादवले १३ वर्षे लामो सहयात्रा सम्झिँदै बिदाइको क्षण भावुक बनेको बताउनुभएको छ । उहाँले बिदाइसँगै विद्यार्थीहरूको नयाँ यात्राको सुरुवात हुने उल्लेख गर्दै विद्यालयले समाजका लागि दक्ष, सक्षम र जिम्मेवार विद्यार्थी उत्पादन गरेको दाबी गर्नुभयो ।

उहाँले विद्यालयले प्रदान गरेको ज्ञान, सीप र संस्कारलाई व्यवहारमा लागू गर्न विद्यार्थीहरूलाई आग्रह गर्दै शिक्षा नै जीवन परिवर्तन गर्ने महत्वपूर्ण आधार भएको बताउनुभयो। प्रतिस्पर्धात्मक युगमा लक्ष्य स्पष्ट राखी निरन्तर मेहनत गर्नुपर्नेमा जोड दिँदै उहाँले असफलताबाट नआत्तिन र त्यसबाट सिक्दै अघि बढ्न सुझाव दिनुभयो।

सह–प्राचार्य यादवले विद्यार्थीहरूलाई अनुशासन, सकारात्मक सोच र आत्मविश्वासका साथ अगाडि बढ्न आग्रह गर्दै आगामी एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका कोर्डिनेटर नारायण कश्यपको स्वागत मन्तव्य रहेको कार्यक्रममा शिक्षक अजिता रायमाझी, संगीता यादव, कक्षा १० को विद्यार्थी लक्ष्मी यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन कक्षा ९ का विद्यार्थी प्रल क्षेत्री ,जैनव पठानले गर्नु भएको थियो ।
कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले बिद्यालयका शिक्षक र कक्षा ९ का बिद्यार्थीहरुले कक्षा १० का बिद्यार्थीहरु लाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

विद्यार्थीहरूले विद्यालयमा बिताएका दिनहरू जीवनभर सम्झनलायक रहने बताउँदै शिक्षक र साथीहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए। कार्यक्रममा प्रस्तुत गरिएको नृत्य, गीत तथा नाटकले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनपूर्ण बनाएको थियो । कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२६-०३-२९ , समय : २३:३७:०६ , ३ घन्टा अगाडि