रुपन्देही खबर , ११२ पटक हेरिएको
काठमाण्डाै, वैशाख १०
सरकारले देशभरका सरकारी कार्यालयलाई कर्मचारीको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले आज सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा पालिकालाई पत्र पठाएर विद्युतीय हाजिरी अनिवार्य गर्न भनेको हो ।
पत्रमा कर्मचारीको उपस्थितिको अभिलेखीकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न र अहिलेसम्म विद्युतीय हाजिरी प्रणाली नभए अनिवार्य रूपमा व्यवस्था गर्न भनिएको छ ।
कर्मचारी आएको र गएको विद्युतीय हाजिरी प्रणालीबाटै गर्ने व्यवस्था गर्न निर्देशन दिँदै मन्त्रालयले हाजिरी विवरण हरेक १५ दिनमा प्रिन्ट गरी प्रमाणित गर्न भनेको छ । यसरी प्रमाणित गरिएको हाजिरीको अभिलेख राख्न पनि मन्त्रालयले निर्देशन दिइएको छ ।

प्रकाशित मिति: २०२६-०४-२३ , समय : २०:५५:४५ , ४ घन्टा अगाडि