रुपन्देही खबर , ८१ पटक हेरिएको
कपिलवस्तु,वैशाख १३
कपिलवस्तुको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–१२, पिपरहवामा रोकिराखेको ट्रकमा गए राति जीप ठोक्किएर दुर्घटना भएको हो । ज्यान गुमाउनेहरूमा महाराजगञ्ज नगरपालिका–११ बनगाईका राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६, धर्मनगरका चिन्नी कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घाइते भएका नन्दप्रसाद दुबे, मोतिलाल कुर्मी र सुरेश कुर्मीको तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । युपी–३२ सिए ८३४३ नम्बरको जीप रोकिराखेको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
प्रकाशित मिति: २०२६-०४-२६ , समय : २२:२७:२६ , ४ घन्टा अगाडि