रुपन्देही खबर , ८० पटक हेरिएको
काठमाडौँ,बैशाख १७
आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज भाउ घटेर सुन तोलाको दुई लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदी आज तोलामा १०५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा चार हजार ८१० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदी तोलाको चार हजार ९१५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: २०२६-०४-३० , समय : १३:०८:३१ , ३ घन्टा अगाडि