रुपन्देही खबर , ६० पटक हेरिएको
काठमाण्डौ , बैशाख २०
कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । चाँदीको बढेको छ । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार १०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति: २०२६-०५-०३ , समय : ११:४५:१२ , ३ घन्टा अगाडि