रुपन्देही खबर , ५६९ पटक हेरिएको
भैरहवा, वैशाख २९
रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ स्थित श्री शिशै माध्यमिक विद्यालय ले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउँदै शुद्धोधन गाउँपालिकाभित्र सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हासिल गरेको छ ।
विद्यालयबाट एसईई परीक्षामा सहभागी ६२ जना विद्यार्थीमध्ये ५१ जना विद्यार्थी उत्तीर्ण भएका छन् । कुल सहभागीमध्ये ३५ जना छात्र र २७ जना छात्रा रहेका थिए । विद्यालयले ८२.२५ प्रतिशत उत्तीर्ण नतिजा हासिल गरेको विद्यालयका प्रधानाध्यापक गुणानिधी घिमिरेले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयप्रति बढ्दो विश्वास र शैक्षिक गुणस्तरको प्रतिफलस्वरूप विद्यालयले उत्कृष्ट उपलब्धि हासिल गरेको प्रधानाध्यापक घिमिरेको भनाइ छ । उहाँले विद्यार्थीको मेहनत, शिक्षकको निरन्तरक परिश्रम तथा अभिभावकको सहयोगकै कारण उल्लेखनीय सफलता प्राप्त भएको बताउनुभयो ।
विद्यालयको नतिजापछि शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीमा खुसीको माहोल छाएको छ । उत्कृष्ट नतिजाले आगामी वर्षमा अझ राम्रो शैक्षिक वातावरण निर्माण गर्न प्रेरणा मिलेको विद्यालय प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: २०२६-०५-१२ , समय : २२:१२:५० , २ दिन अगाडि