रुपन्देही खबर , ५१ पटक हेरिएको
फाइल तस्विर
काठमाण्डाै,साउन ९
भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनीहरूलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
अख्तियारका अनुसार पक्राउका क्रममा स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ नगद तथा तीन थान मोबाइल फोन समेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी गरिदिने क्रममा डिभिजन प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२६-०७-२५ , समय : १३:३१:३१ , २ घन्टा अगाडि