कक्षा १२ को मौका परीक्षामा ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

रुपन्देही खबर , ४२  पटक हेरिएको

काठमाण्डौ ,साउन २२

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशत बराबर हो ।

यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ । नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ ।

परीक्षाफल बोर्डको वेबसाइट (www.neb.gov.np)  एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: २०२६-०८-०७ , समय : ०९:३४:४४ , २ घन्टा अगाडि