रुपन्देही खबर , ४८ पटक हेरिएको
याे सँगै पूर्वी नवलपरासीका विभिन्न तटीय क्षेत्रमा फेला परेका शवकाे संख्या २२ पुगेकाे छ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) युवराज खड्काका अनुसार त्रिशूली नदीको बहावसँगै बाढीले बगाएका शव जिल्लाका विभिन्न तटीय क्षेत्रमा भेटिएका हुन् ।
‘ केही सग्लो शव भेटिएको छ , केहि हात र खुट्टा मात्र भेटिएका छन् ‘ खड्काले भन्नुभयाे । बिहीवार बिहानैदेखि थप खाेजी कार्य जारी राखिने खड्काले जानकारी दिनुभयाे ।
फेला परेका शवलाइ गैंडाकोट नगर अस्पतालमा राख्न थालिएकाे छ । खड्काका अनुसार देवचुली नगर अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पतालमा पनि शव राख्नका लागि तयारी गरिएको छ ।
शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
(पत्रकार रमेश बस्ताकाेटीबाट)
प्रकाशित मिति: २०२६-०८-२७ , समय : ००:१४:२७ , २ घन्टा अगाडि