एजेन्सी , २ पटक हेरिएको
तस्वीर : एजेन्सी
भदौ २५
विश्व भूराजनीतिमा तीव्र ध्रुवीकरण र आर्थिक विभाजन बढिरहेका बेला चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई थप गति दिने उद्देश्यसहित हङकङमा ११औँ शिखर सम्मेलन शुरू भएको छ ।
विश्वका ७० देशका ६ हजारभन्दा धेरै उच्च सरकारी अधिकारी, लगानीकर्ता तथा व्यावसायिक नेतृत्वकर्ताहरू सहभागी यस सम्मेलनले विभाजित विश्वलाई जोड्ने आर्थिक ‘सुपर–कनेक्टर’ का रूपमा हङकङलाई प्रस्तुत गरेको छ ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै हङकङका प्रमुख कार्यकारी जोन लीले वर्तमान विश्वमा देखिएको भूराजनीतिक तनावका बीच बीआरआईले प्रस्ताव गरेको ‘सम्पर्क सञ्जाल, सहकार्य र सहमति’ सबैभन्दा महत्त्वपूर्ण औजार भएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
सम्मेलनमा प्रस्तुत तथ्याङ्कले बीआरआई साझेदार देशहरूसँग हङकङको आर्थिक सम्बन्ध नाटकीय रूपमा विस्तार हुँदै गएको देखाएको छ । गएको वर्ष मात्रै हङकङ र साझेदार देशहरूबीचको वस्तु व्यापार १७ प्रतिशतले बढेर ३२३ अर्ब अमेरिकी डलर पुगेको छ ।
यसबाहेक साझेदार राष्ट्रहरूका झन्डै १ हजार ५०० कम्पनीले हङकङमा आफ्नो कार्यालय विस्तार गरिसकेका छन् भने १०० भन्दा धेरै कम्पनी हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भई विश्वव्यापी पूँजी सङ्कलन गरिरहेका छन् ।
सम्मेलनको पहिलो दिनमै अन्तर्राष्ट्रिय वित्त व्यवस्थापन, व्यावसायिक परामर्श सेवा तथा अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित ३२ वटा महत्त्वपूर्ण समझदारीपत्र र सम्झौतामा हस्ताक्षर भएको छ । यी सम्झौताले साझेदार देशबीच प्रत्यक्ष लगानी र व्यापार सहजीकरणमा नयाँ आयाम थप्ने विश्वास छ ।
प्रकाशित मिति: २०२६-०९-१० , समय : १९:५९:०६ , २२ मिनेटutes अगाडि