कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु

रुपन्देही खबर , ४५  पटक हेरिएको

काठमाण्डौ ,असोज २३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु हुने भनिए पनि एक घण्टा ढिला गरी शुरु भएको हो ।

कास्कीका ८१ वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको शुरुवात गरिएको निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ ।

मतदान गर्न एक जनालाई झण्डै आधी घण्टा समय लाग्ने अनुमान छ । कांग्रेसका ७ हजार ३१७ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदानका लागि खुलामञ्च, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी तीनवटा केन्द्र तोकिएको छ ।

कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेदवार छन् । निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरु गर्ने जनाएको छ । मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ । दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२६-१०-०९ , समय : ०९:३४:४४ , २ घन्टा अगाडि