रुपन्देही खबर , ३८ पटक हेरिएको
भैरहवा, कात्तिक ९
अग्रगामी मोर्चाले रुपन्देही, नवलपरासी र कपिलवस्तुको संयुक्त आयोजनामा आगामी कात्तिक १४ गते भैरहवामा कार्यक्रम गर्ने भएको छ। कार्यक्रमको तयारी तथा व्यवस्थापनका विषयमा छलफल गर्न आइतबार भैरहवामा बसेको तीन जिल्लाका प्रतिनिधिहरूको संयुक्त बैठकले कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै सहभागीहरूलाई जिम्मेवारी बाँडफाँट गरेको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षतामा बसेको बैठकले कात्तिक १४ गते बिहान ११ बजे सिद्धार्थनगर नगरपालिका–१२, कालिकापथस्थित सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष यादवले जानकारी दिनुभयो।
अध्यक्ष यादवका अनुसार अग्रगामी मोर्चाको संयुक्त कार्यक्रममा राष्ट्रिय अध्यक्षहरूको समेत सहभागिता रहनेछ। कार्यक्रममा रुपन्देही, नवलपरासी र कपिलवस्तुका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुनेछन्।
बैठकमा तीनवटै जिल्लाबाट कार्यक्रमको तयारीलाई प्रभावकारी बनाउने, सहभागीहरूको समन्वय गर्ने तथा आवश्यक व्यवस्थापन मिलाउने विषयमा छलफल भएको थियो। कार्यक्रम सफल बनाउन बैठकले सहभागीहरूलाई विभिन्न जिम्मेवारीसमेत तोकेको अध्यक्ष यादवले बताउनुभयो।
तीन जिल्लाका प्रतिनिधिहरूको संयुक्त पहलमा आयोजना हुन लागेको कार्यक्रमले मोर्चामा आबद्ध राजनीतिक नेतृत्वलाई एउटै मञ्चमा ल्याउने आयोजकको तयारी छ। राष्ट्रिय अध्यक्षहरूको सहभागिता रहने कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न तीनवटै जिल्लाबीच सहकार्य गरेर अघि बढ्ने निर्णयसमेत बैठकले गरेको छ। आयोजकका अनुसार कार्यक्रम भैरहवामा निर्धारित मिति र समयमा सञ्चालन हुनेछ।
प्रकाशित मिति: २०२६-१०-२६ , समय : २३:२०:०५ , ३ घन्टा अगाडि