रुपन्देही खबर , ३१ पटक हेरिएको
काठमाण्डाै,कात्तिक १९
दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । कार्कीले वारेसमार्फत रिट दिनुभएको हो ।
उहाँले आईजीपीमा पुनर्बहाली माग गर्नुभएको छ । रिटमाथि अध्ययन भइरहेको र दर्ता भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ । सरकारले हिजो कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । सरकारले नेपाल प्रहरीकाे अनुसन्धान विभागमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई आईजीपी बनाएकाे थियाे ।
प्रकाशित मिति: २०२६-११-०५ , समय : २१:५७:३१ , ३३ मिनेटutes अगाडि