रुपन्देही खबर , ३२ पटक हेरिएको
भैरहवा, कात्तिक २१
रुपन्देहीको तिलोत्तमामा आर्थिक कारोबारसम्बन्धी विवादलाई लिएर पेट्रोल प्रयोग गरी घरमा आगजनी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१४ निवासी ४७ वर्षीय गणेशप्रसाद चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुक्रवार साँझ करिब ७ः३० बजे चौधरीले आर्थिक कारोबारको विषयलाई लिएर तिलोत्तमा नगरपालिका–१३ निवासी विष्णुप्रसाद भुसालको घरमा पेट्रोल प्रयोग गरी आगजनी गर्ने प्रयास गरेका थिए ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी चिल्हियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चौधरीलाई घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२६-११-०७ , समय : २१:०६:३८ , १७ मिनेटutes अगाडि