रुपन्देही खबर , ३६ पटक हेरिएको
भैरहवा, कात्तिक २६
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको एक लाख ७० हजार २ सय ५० रुपैयाँ बराबरको कपडा मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसारआज बिहान लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढियाबाट उक्त कपडा बरामद गरिएको हो।
लुम्बिनी प्रदेश ०१–००२ प ५१८६ नम्बरको मोटरसाइकलमा कपडा ल्याउँदै गरेको अवस्थामा प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिका–४ मौवारी निवासी २४ वर्षीय दीपेन्द्र यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले यादवको साथबाट अन्दाजी एक लाख ७० हजार २५० रुपैयाँ मूल्य बराबरको कपडा र कपडा ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो। बरामद सामग्रीको स्रोत तथा ओसारपसारको उद्देश्यबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रकाशित मिति: २०२६-११-१२ , समय : १४:४८:४० , ५८ मिनेटutes अगाडि