त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ

रुपन्देही खबर , ५९८  पटक हेरिएको

काठमाडौं, पुस २२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन्। शनिबार मध्यराति १२:०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला १ हजार ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन्।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी दिप समशेर जबराका अनुसार पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीया महिला कान्थीम्याथी कभास्कर छन्
उनले भित्री वस्त्रमा सुन लुकाएर ल्याएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

सुराकीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०२४-०१-०७ , समय : १५:३२:४० , ३ वर्ष अगाडि