रुपन्देहीको मायादेवी २ तिलौरीमा ट्युबेलको ट्रान्सफार्मर चोरी

सर्वेन्दर यादव , २७२  पटक हेरिएको

भैरहवा, माघ ३

रुपन्देहीको मायादेवी गाउँपालिका बडा नम्बर २ तिलौरीमा रहेको ट्यूबेलको ट्रान्सफार्मर चोरी भएको छ । ट्यूबेल संचालनको लागि जडान गरिएको ट्रान्सफार्मर गएराती चोरी भएको हो । ट्रान्सफार्मरलाई रातिमै खोलेर त्यस भित्र रहेका महगो सामानहरु चोरी भएको छ । त्यस ट्युबवेलको ट्रान्सफार्मर दोस्रो पटक चोरी भएको स्थानियहरुले बताएका छन ।

ट्रान्सफार्मर चोरी भएको विषयमा स्थानिय संग सोधपुछ गर्दा राति सुतेको समय भएकोले चोरी के कति कारणले भएको कसैलाई थाहा नभएकोे बताएका छन । यस विषयमा अनुसन्धान भैरहेको र चोरको खोजीकार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय बेथरीका प्रहरी बरिष्ठ नायब निरिक्षक बुद्धि प्रसाद रानाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-१७ , समय : २०:०३:२५ , ३ महिना अगाडि