रोहिणीमा २ मा डम्पिङ्ग साईड बन्न नदिने भन्दै बिरोध: नेपाली कांग्रेस रोहिणी

रुपन्देही खबर , ६७७  पटक हेरिएको

भैरहवा,माघ ३
सिद्धार्थनगर नगरपालिकाले रोहिणी गाउँपालिकामा डम्पिङ्ग साईड बनाउन लागेको भन्दै नेपाली कांग्रेसको रोहिणी गाउँपालिका कार्यसमितिले बिरोध जनाएको छ । पार्टीले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै रोहिणीलाई कुनै पनि अवस्थामा फोहोर फाल्ने स्थान बन्न नदिने जनाएको छ ।

नेपाली कांग्रेस रोहिणी गाउँपालिका कार्यसमिति सभापति पारसनाथ योगीको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा सिद्धार्थ नगरपालिकाले रोहिणीको जनताको स्वास्थ्य संग खेलेको र धार्मिक भावनालाई आहत गर्न खोजेको आरोप लगाएको छ । यस अघि ओमसतिया र सिनपाकै मेउडिहवा लगायतका जनताको बिरोध खेपेको नगरपालिकाले रोहिणीका जनतालाई मानव नै नमानेको विज्ञप्तीमा उल्लेख छ । सर्वदलिय सहमतिको नाममा ओमसतिया गाउँपालिका र सिद्धार्थनगरको फोहोरलाई रोहिणी नेपाली कांग्रेसले कुनै पनि हालतमा स्विकार नगर्ने बताइएको छ ।

प्रकाशित मिति: २०२४-०१-१७ , समय : २१:०७:३८ , ३ महिना अगाडि