नवलपरासीमा लागू औषधसहित ४ जना पक्राउ

रुपन्देही खबर , २५२  पटक हेरिएको

नवलपरासी,माघ ४

पश्चिम नवलपरासीको  पाल्हिनन्दन गाउँपालिका वडा नं.४ लोहरौलीमा रहेको नेशनल गेष्ट हाउस एण्ड खाजा घरबाट प्रहरीले लागु ओैषध सहित ४ जनालाई पक्राउ गरेकाे छ ।पक्राउ पर्नेमा पाल्हिनन्दन गाउपालिका वडा नम्बर ३ बेलासपुर बस्ने ३० बर्षिय जमालुद्दिन नाँउ, २४ बर्षिय बिक्रम सहानी, २२ बर्षिय सन्तोष गोसाई र पाल्हिनन्दन गाउपालिका वडा नम्बर ४ लोहरौली बस्ने २५ बर्षिय सोनु पटेल रहेका छन् ।

अबैध लागु औषध खरिद बिक्री तथा ओसारपसार गर्न लागेकाे भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले उक्त गेष्ट हाउसमा गई चेकजाँच गर्दा उनीहरूलाई लागू ओैषध सहित मंगलबार पक्राउ गरेकाे हाे ।

उनीहरूबाटको साथबाट २/२ एम.एल. कोBUPRENORPHINE लेखेको ५० एम्पुल,DIAZEPAM लेखेको ५० एम्पुल PHENERGAN लेखेको ५० एम्पुल र खाट माथी रहेको रेडमी नोट टेन एस कम्पनीको मोबाईल १ थान, ओप्पो कम्पनीको मोबाईल २ थान फेलापारी रितपुर्वक बरामद गरीएकाे प्रहरी नायव उपरीक्षक एवम्  सुचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।

पकाउ परेका ४ रै जनालाई लागु औषध मुद्दामा मुद्दा दर्ता गरि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको डिएसपी बाेहराले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-१८ , समय : ०७:१३:४६ , ३ महिना अगाडि