मर्चवारीमाई बहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न

रामभवन मौर्या , ३४३  पटक हेरिएको

मर्चवार, माघ ५

श्री मर्चवारीमाई बहुउद्देश्यीय सहकारी सास्था लिमिटेड मर्चवारी ४ को चौथो साधारण सभा आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुनिल कुमार गिरिको अध्यक्षता तथा जिल्ला सहकारी संघका केन्द्रिय अध्यक्ष अशोक तिवारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै केन्द्रिय अध्यक्ष तिवारीले यस सहकारीले समाजमा उल्लेख्य भूमिका खेलेकोमा खुसी व्यक्त गर्दै सदस्यको विस्तार गर्दै नयाँ काम र योजना सहित अघि बढन आग्रह गर्नु भएको छ । उहाले संस्था चलाउनका लागि इमानदारीता आवश्यक भएकोले इमान्दारी पुर्बक ऋण लिने र ईमानदारी पुर्बक ब्याज बुझाउदा सस्थालाई अझै अगाडि बढाउन सकिने उल्लेख गर्नु भयो ।


यस्तै गरी सस्थाको अध्यक्ष सुनिल कुमार गिरिले बिगत ४ बर्षको जिम्मेवारी सम्हाल्दै आएको जानकारी गराउदै अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै यस संस्थामा ३३८ जना शेयर सदस्य रहेको जानकारी दिनु भएको छ । उहाले आफनो ब्यक्तिगत कार्यको बेस्तताको कारणले अबदेखी यस सस्थाको अध्यक्ष पदको जिम्मेवारी यसै सस्थाको सदस्य केशर चन्द्र गिरिलाई हस्तान्तरण समेत गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाको सदस्य सन्जु भारतीको स्वागत मन्त्ब्य रहेको कार्यक्रममा मर्चवारी गाउपलिका वार्ड न – ४ को इस्थाई प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण प्रसाद पनेरू, वडा नम्बर ४ वडा अध्यक्ष ओम प्रकाश चौधरी लगायतले शुभकामना मन्तब्य राख्न भएको थियो भने सस्थाका ब्यवस्थापक सन्तोष गिरि संस्थाको प्रगतिबिवरण प्रस्तुत गर्नु भएको थियो । यस्तै गरी संस्थाका सदस्य धर्मराज यादवले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-१९ , समय : २१:५२:०७ , ९ महिना अगाडि