उर्मिला यादव यात्री , ३०२ पटक हेरिएको
भैरहवा, माघ ९
मुुलुकमा सिमित रोजगारीका अवसर र गरिवी लगायतका कारण बैदेशिक रोजगारी प्रति आकर्षण बढदै गएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । उनीहरुले बैदेशिक रोजगारीमा जादा सिप सिकेर मात्र जानुपर्ने जोड दिएका छन । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगार बोर्डको सचिवालय काठमांडौले बुटवलमा सोमबार आयोजना गरेको बिभिन्न सरोकारवालाहरुसंग बैदेशिक रोजगारीका बिबिध सवालमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
पछिल्लो समय बैदेशिक रोजगारीमा आकर्षण बढदै गएको र नेपालबाट श्रम स्वीकृत लिएर बैदेशिक रोजगारीमा जानेको संख्या ७१ लाख नाघिसकेको वैदेशिक रोजगार वोर्डले तथ्यांक सार्वजनिक गरेको छ । हाल दैनिक सरदर २ हजार २ सय जना बैदेशिक रोजगारीमा जाने गरेको बोर्डले बताएको हो । प्रति बर्ष करिब ५ लाख भन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्दै आएको बैदेशिक रोजगारका सचिवालय निर्देशक टिकाराम ढकालले जानकारी दिनु भएको छ । उहाका अनुसार श्रम स्वीकृति नलिई बैदेशिक रोजगारीमा जानेको संख्या पनि उल्लेख्य रहेको छ ।
आर्थिक बर्ष २०७९,८० मा श्रम स्वीकृति प्रदान गरीएको संख्या ७ लाख , ७१ ह्जार ३ सय २७ जना रहेकोमा ७२ हजार १ सय ३४ जना महिला जुन ९.३५ प्रतिशत , र ६ लाख ९९ हजार १ सय ९३ जना पुरुष जुन ९०.६५ प्रतिशत रहेको छ । देश भित्र पर्याप्त रोजगारीको अवसर उपलब्ध नभएको अवस्थामा धेरै युवाहरुको लागी अल्पकालीन रोजगारीको बिकल्पको रुपमा बैदेशिक रोजगार रहेको छ । आर्थिक बर्ष २०७९।८० मा बैदेशिक रोजगारीबाट १२ खर्ब ,२० अर्ब, ५६ करोड बिप्रेषण भित्रिएको छ । जुन ५६ प्रतिशत भन्दा बढि घरपरिवारमा विप्रेषण प्राप्त भएको निर्देशक ढकालले जानकारी दिनु भएको छ । जुन कुल ग्राहस्थ उत्पादनको करिब २३ प्रतिशत हो ।
बोर्डका निर्देशक ढकालले सीप नसिकी र आफूले गर्ने आम्दानीको अनुमान नराखी वैदेशिक रोजगारीमा जादा भने फाइदा नहुने बताउनु भएको छ । उहाले सिप सिकेर नजादा बिदेशमा गएर बिभिन्न किसिमका समस्याहरु झेल्न परेको उल्लेख गर्नु भएको थियो । श्रम कार्यालय बुटवलका प्रमुख केशवराज भट्टराइले सीप सिक्नु साटो नक्कली प्रमाणपत्र बनाउने र कामबारे बेखबर भएर गएकाले वैदेशिक रोजगारमा पनि दुःख पाएको बताउनु भएको छ । श्रम स्वीकृति नलिइ जाने, यौटा देश भनेर अर्काेमा जाने , भिजिट भिसा र काम फेरेर गर्ने श्रमिकहरु समस्यामा पर्दा समेत सरकारी सहयोग नहुने भएकाले स्थानीय तहमा काम गर्ने सरोकारवालाले नै रोक्नुपर्ने उहाको भनाइ छ । उहाले गाउ गाउमै सरकार हुदा पनि बैदेशिक रोजगारमा जादा धेरै मानिसहरु ठगिन पुगेको बताउनु भएको छ । उहाले श्रम स्वीकृती भएर पनि कतिपय मानिसहरु भारतको बाटो जाने हुदा पनि धेरै जोखिमहरु भmेल्नु परेको उल्लेख गर्नु भयो । उहाले बैदेशिक रोजगारीको बिषयमा सबै जिम्मेवार हुुनुपर्ने बताउनु भएको छ ।
कार्यक्रममा सामी परियोजना लुम्बिनी प्रदेशका पंचराम चौधरीले गएको आर्थिक बर्षमा रुपन्देहीमा मात्रै ३ सय वटा भन्दा बढी बैदेशिक रोजगार सम्बन्धी समस्याहरु आप्रवासी स्रोतकेन्द्रमा दर्ता भएको बताउनु भएको छ । उहाले आप्रवासी केन्द्र सहजीकरण मात्रै गर्ने निकाय भएकोले बिभिन्न किसिमका संघ संस्थाहरु जोडिएर काम गर्न आग्रह गर्नु भएको छ ।
सुरक्षित वैदेशिक रोजगारमा काम गर्ने सरोकारवालाले भने वैदेशिक रोजगारीमा हुने ठगी विरुद्ध उजुरी दिने संरचना बनाउन, दर्ता विनाका विदेश पठाउने संघसस्था बन्द गराउन आग्रह गरेका थिए । सहभागीहरुले विदेश गएर उतै बस्नेलाई निरुत्साहित गरी, सिक्ने, कमाउने र सुरक्षित फर्कने प्रक्रियालाई सहयोग गर्नुपर्ने बताएका छन । सहभागीहरुले बिभिन्न पालिकाहरु संग समन्वय गरी बैदेशिक रोजगारी सम्बन्धी कार्यक्रमहरु लक्षित ठाउमा संचालन गर्न आग्रह समेत गरेका थिए । कार्यक्रम बैदेशिक रोजगारका सचिवालय निर्देशक टिकाराम ढकालको अध्यक्षता तथा श्रम रोजगार कार्यालयका शाखा अधिकृत केशवराज भटराईको आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-२३ , समय : १६:२६:५३ , ८ महिना अगाडि