गण्डकीबाट तीनवटै सिटमा गठबन्धनका उम्मेदवार विजयी

रुपन्देही खबर , १४०  पटक हेरिएको

गण्डकी,माघ ११

राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका तीनवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन । बिहीबार भएको मतदानमा महिलातर्फ माओवादी केन्द्रकी मनरूपा शर्मा, अपांगता र अल्पसंख्यकमा कांग्रेसका पदम परियार र खुलामा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी हुनु भएको छ ।

माओवादीकी मनरूपाले ३ हजार ६६० र एमालेकी सम्झनाले २ हजार ५५३ मतभार प्राप्त गर्नु भएको छ । त्यस्तै कांग्रेसका परियारले ३ हजार ७७४ र एमालेका हेमन्द्र शेरचनले २ हजार ५८ मतभार पाउनु भएको थियो । खुलामा कांग्रेसका किरणबाबुले ३ हजार ८०८ र एमालेका सूर्य पराजुलीले २ हजार ४७७ मतभार पाउनु भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२५ , समय : २०:५१:२८ , ३ महिना अगाडि