नवलपरासीमा भएको दुर्घटनामा एकको मृत्यु, १३ घाइते

rupandehi khabar , २१  पटक हेरिएको

नवलपरासी, मंसिर १०

पूर्वी नवलपरासीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइने भएका छन्  गएराति ९ बजे बाहुनिकुनास्थित पूर्व पश्चिम राजमार्गमा डण्डाबाट सर्दीतर्फ जाँदै गरेको लु २ च ८९९७ नं.को बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नं.को ट्याक्टरसँग ठोकिदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पूर्वी नवलपरासी बिनयी त्रिवेणी गाउँपालिका– ४ सर्दी बस्ने ३० वर्षीय चुरेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी घाइते हुनेमा सोही ठाउँका १६ वर्षीय रबिन चौधरी, २० वर्षीय रिजन चौधरी, २३ वर्षीय बिशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा, १९ वर्षीय युवराज चौधरी रहेका छन् । उनीहरुमध्ये केहीको सामान्य र केहीको मध्यम अवस्था रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सोही ठाउँका २६ वर्षीय  सुमेन्द्र चौधरी उपचारपछि घर फर्केका छन् ।

त्यस्तै घाइते हुने अन्यमा मध्यबिन्दु नगरपालिका– १० अरुणखोलाका २१ वर्षीय आदिश आले, १८ वर्षीय अश्विन चौधरी, र २० वर्षीय निर्मल चौधरीको नँया मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने ४० वर्षीय खेम नारायण चौधरीे, र १५ वर्षीय प्रिन्स बि.क. र २६ वर्षीय घनश्याम चौधरी उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२६-११-२६ , समय : ०९:३६:५२ , १० मिनेटutes अगाडि