रुपन्देही खबर , ४९७ पटक हेरिएको
भैरहवा , माघ १५
रुपन्देहीको मर्चवार क्षेत्रमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएपछि शुद्ध खानेपानी परिक्षण अभियान संचालन गरिएको छ । जनमत पार्टीका केन्द्रिय सचिव भोपेन्द्र यादवको पहल तथा खानेपानी मन्त्रालयको सहयोगमा यो अभियान संचालन गरिएको हो ।
आज मर्चवारी गाउपालिका वडा नम्बर ६ र ७ मा घुम्ती पानी भ्यान मार्फत स्वच्छ शुद्ध सफा खानेपानी परिक्षण गरिएको छ। आर्सेनिक, सफा, शुद्ध र स्वच्छ पानी नभएको परिक्षण रिर्पोट खानेपानी मन्त्रालयमा पठाएर बिशेष किसिमको योजना संचालन गरिने जनमत पार्टीका केन्द्रिय सचिव यादवले जानकारी दिनु भएको छ ।
शुद्ध सफा खानेपानी अभियानमा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य रामकेश गुप्ता, केन्द्रिय सदस्य रामु यादव, निर्मला हरिजन, रामशुमेर ठाकुर, रुपचन यादव, रामसेवक खरबिन्द, राजु यादव , मुरली चौधरी , सुग्रीम यादव, अजय गुप्ता, रामाशंकर यादव लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०१-२९ , समय : २०:२९:३७ , ८ महिना अगाडि