लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते हुने

रुपन्देही खबर , १३७  पटक हेरिएको

भैरहवा ,माघ २३

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान गरिएको छ। फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको हो। 

मन्त्रिपरिषदको निर्णयपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  प्रदेश प्रमुख अमिश शेरचनलाई बैठक आह्वानका लागि सिफारिस गर्नु भएको थियो । सोहीबमोजिम प्रदेश प्रमुखले फागुन १८ गते हिउँदे अधिवेशन आह्वान गर्नु भएको हो ।

शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०२-०६ , समय : १३:२२:१४ , २ महिना अगाडि