रामभवन मौर्या , १०१६ पटक हेरिएको
मर्चवार, माघ २३
रुपन्देहीको सम्मरीमाई गाउपालिका वार्ड नम्बर ४ जिगिनामा अवस्थित श्रीकृष्ण स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अशोक कुमार त्रिपाठी निर्वाचित हुनु भएको छ । शुक्रबार भएको संस्थाको २४ औं वार्षिक साधारण सभाले त्रिपाठीको अध्यक्षतामा नया नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सुनीता बारिन, कोषाघ्यक्षमा नर्बदेश्वर शुक्ल, सचीवमा हरिराम लोध निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा शान्ती लोध, दशरथ चमार , सुनिता बरई, भुलन धोबी, नरेश कहार रहनु भएको छ । यस्तै गरी लेखा सुपरिवेक्षण समितिमा औधेश बरई, शिवकुमारी धोबी र भोला गुप्तालाई चयन गरिएको छ ।
संस्थाको नव निर्वाचित कार्यसमितीलाई संस्थाका अध्यक्षले सपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष त्रिपाठीले सहकारीको हितमा रहेर काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको थियो ।
श्री कृष्ण स्वालम्बन तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभाको खुल्ला सत्रलाई सम्बोधन गर्दै सस्थाको अध्यक्ष त्रिपाठीले सस्थाको अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले एक बर्षमा बचत गरेको जम्मा रकम ३ करोड १२ लाख ७० हजार ९ सय ४१ रुपैया वृद्धि गरेर ३ करोड ७७ लाख ७७ हजार ३ सय ०६ रुपैया पुगेको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा सस्थाका ब्यवस्थापक महन्थ प्रसाद लोधले सस्थामा भएको केही कमि कमजोरी,वा गल्तीलाई सम्पुर्ण सेयर सदस्यहरूले मिलेर समाधान गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा सस्थामा रहेरका जेष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, सम्मरीमाई गाउपालिका अध्यक्ष बिनोद श्रीवास्तव, गाउपालिका उपाध्यक्ष प्रियन्का सिंह साही, गाउपालिका सहकारी सस्थाको प्रमुख महेन्द्र प्रसाद हरिजन, सम्मरीमाई गाउपालिका वार्ड नम्बर १ का वडाध्यक्ष शिव कुमार यादव, २ का वडाअध्यक्ष अजय कुमार बनिया, र ४ का वडाअध्यक्ष दिवाकर प्रसाद दुबे लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सस्थाको अध्यक्ष अशोक कुमार त्रिपाठीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाको प्रमुख अतिथ्यतामा २४औं साधारण सभा सम्पन्न भएको थियो । भने कार्यक्रम संचालन राम अनुज प्रताप नारायण त्रिपाठीले गर्नुभएको थियो ।
.
प्रकाशित मिति: २०२४-०२-०६ , समय : २१:०४:५८ , ८ महिना अगाडि