नवलपरासीको सरावलमा नेतृत्व विकास तथा उद्घोषण तालिम शुरु

रुपन्देही खबर , २२९  पटक हेरिएको

नवलपरासी,माघ २७

सरावल गाउँपालिकामा नेतृत्व विकास र उद्घोषण कला तालिम कार्यक्रम शुक्रवारदेखि शुरु भएको छ । ४ दिनसम्म सञ्चालन हुने तालिमको शुक्रबार एक कार्यक्रमको बीच उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चौधरीले युवाहरुलाई लक्षित गरी पालिका स्तरीय तालिम आयोजना गरिएकोले भरपुर फाइदा लिन युवा युवतीहरुलाई आग्रह गर्नु भएको छ ।

तालिम कार्यक्रममा सरावल गाउँपालिकाका ७ वटै वडाबाट ४५ जना युवायुवतीहरुको सहभागिता रहेको छ । तालिम कार्यक्रममको समुदघाटन कार्यक्रममा सरावल गाउँपालिकाकी उपाध्यक्ष वासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्र, लेखा अधिकृत नारायण पाण्डे, वडा नं. ४ का कार्यवाहक वडा अध्यक्ष अर्जुन गुप्ता, सञ्जय मौर्य लगायतले बोल्दै युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको थियो । 

सरावल गाउँपालिकाको आयोजनामा ४ दिनसम्म सञ्चालन हुने तालिमको पहिलो दिन शुक्रबार रामग्राम जेसीजका पूर्व अध्यक्ष पुरुषोत्तम ढकालले सहजिकरण गर्नु भएको थियो । 

प्रकाशित मिति: २०२४-०२-१० , समय : ०९:१७:४६ , २ महिना अगाडि