जगि लाल थापा , २३१ पटक हेरिएको
कञ्चन,फागुन ७
नेपाल मगर संघ, कञ्चन रुपन्देहीको बैठक शनिवार लुम्बिनी ग्रिन भ्यू रिसोर्टमा सम्पन्न भएको छ। बैठकले हरेक बर्षको फागुन १५ गते मनाइदै आइरहेको नेपाल मगर संघ स्थापना दिवसलाई कञ्चनमा पनि भव्य र सभ्य रुपमा मनाउन बिभिन्न कार्यक्रमहरु सहित उपसमिति समेत गठन गरेको छ। बैठकले मगर भाषा कला र संस्कृतिमा आधारित लोक दोहोरी प्रतियोगिताका लागि भिम बहादुर रमजाली मगरको संयोजकत्वमा लोक दोहोरी प्रतियोगिता संचालन उपसमिति गठन गरेको छ। प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ हजार, द्वितिय हुने टिमले नगद ३ हजार र तृतिय हुने टिमले नगद २ हजार रुपैया सहित प्रमाणपत्र प्राप्त गर्ने ब्यबस्था गरिएको छ।
यस्तै रसी तानातान(तानडोरी), छेलो फाल र चम्चा दौड प्रतियोगिता संचालनका लागि प्रकाश थापा मगरको संयोजकत्वमा खेलकुद संचालन उपसमिति गठन गरिएको छ। तानडोरी प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार र उपविजेता टिमले नगद ५ हजार रुपैया प्राप्त गर्ने छन।
यस्तै मगर भाषा संस्कृति संरक्षण र प्रबन्धनमा मगर समुदायको भुमिका बिषयक निवन्ध प्रतियोगिता संचालनका लागि धनसिंह रानाको संयोजकत्वमा निवन्ध तथा हाजिरी जवाफ प्रतियोगिता संचालन उपसमिति गठन गरिएको छ। निवन्ध प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ हजार, द्वितिय हुने टिमले २ हजार र तृतिय हुने टिमले १ हजार रुपैया सहित प्रमाण पत्र पाउने छन । यसैगरी र आधारभुत बिद्यालय स्तरिय हाजिरी जवाफ प्र्तियोगिता संचालनका लागि हेम बहादुर थापाको संयोजकत्वमा हाजिरी जवाफ प्रतियोगिता संचालन उपसमिति गठन गरिएको छ। हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुेन टिमले नगद ६ हजार, द्वितिय हुने टिमले ३ हजार र तृतिय हुने टिमले १ हजार ५ सय रुपैया सहित प्रमाण पत्र पाउने छन।
कार्यक्रममा ९० बर्ष भन्दा माथी उमेर पुगेका जेष्ठ मगर तथा नेपाल सरकारको बिभिन्न अंगहरुमा लोकसेवा मार्फत अधिकृत स्तर देखि माथी ओहोदामा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान गर्ने समेत संघको बैठकले निर्णय गरेको छ। सम्मान कार्यक्रमका लागि संघका उपाध्यक्ष थम बहादुर सिंजालीको संयोजकत्वमा उपसमिति गठन गरिएको छ भने रेनुका थापाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ। यसैगरी प्रकाश थापा मगरको संयोजकत्वमा प्रचार प्रसार तथा मञ्च ब्यबस्थापन उपसमिति र संघको स्थापन दिवसको संदर्भमा मगर समुदायको संस्थागत बिकास, भाषा साहित्य, कला र संस्कृति बिषय अन्तरकृया कार्यक्रमका लागि थम बहादुर सिंजालीको संयोजकत्वमा अन्तरकृया कार्यक्रम संचालन उप समिति गठन गरिएको छ। यसैगरी जगी लाल थापाको संयोजकत्वमा खुल्ला रक्तदान कार्यक्रम संचालन उपसमिति गठन गरिएको छ।
नेपाल मगर संघ, कञ्चन गाउ कमिटिका अध्यक्ष कविराज काउचा मगरको अध्यक्षतामा बसेको बैठकले कञ्चन ४ को दियो खेल मैदानमा यस बर्षको संघको स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ।
प्रकाशित मिति: २०२४-०२-१९ , समय : ०७:३८:५० , ९ महिना अगाडि