७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रेडक्रस वेलहियाद्धारा रक्तदान

रुपन्देही खबर , ८२  पटक हेरिएको

भैरहवा, फागुन १३

७४औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बेलहियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको आयोजना तथा सिद्धार्थनगर नगरपालिका वडा नं. १ को सहकार्यमा ‘खुल्ला रक्तदान कार्यक्रम’ शनिबार वेलहियामा सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा कुल ४३ प्वाइण्ट रगत संकलन गरिएको छ ।

बेलहिया उपशाखाका अध्यक्ष राकेश गुरुङ्गको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा रक्तदान गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङ्गले सदैव मानविय सेवामा समर्पित रेडक्रसले समयानुकुल रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण र पवित्र कार्य गरेको बताउनुभएको छ ।

कार्यक्रम संयोजक पंकज उदासकोे स्वागत मन्तव्य रहेको
कार्यक्रममा नेपाल भन्सार एजेन्ट महासंघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष डा. शान्त कुमार शर्मा, नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका पुर्व अध्यक्ष देवराज न्यौपाने, भन्सार एजेन्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थी, बेलहिया उपशाखाका निवर्तमान अध्यक्ष सुमन शर्मा लगायतले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा आ आफ्नो नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी डण्डा गुल्मका प्रमुख पुरुषोत्तम भण्डारी, जनप्रतिनिधि मिन बहादुर गुरुङ्ग, वेलहिया गाउँ समाजका अध्यक्ष सुमित प्रधान, ईलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाद विष्ट, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरे, लुम्बिनी खुकुरी क्लबका अध्यक्ष राम बहादुर बस्नेत, आफन्त नेपालका संयोजक अर्जुन गिरी, गृहलक्ष्मी समुहका अध्यक्ष मन्जु शर्मा, सोट्टो नेपाल लुम्बिनीका श्रीचन्द गुप्ता, नेपाल भारत मैत्री संघका अध्यक्ष पशुपति कान्दु, सिद्धार्थ उपशाखाका मनोज अग्रवाल, समाजसेवी दिपक कुँवर, मोहनसिंह शाही, मनु गुरुङ्ग, देवि न्यौपाने, ऋषि पाण्डे, ओजश शर्मा, रक्त सञ्चार केन्द्र भैरहवाका शान्ता कुँवर लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रम संचालन माधव शर्माले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०२-२५ , समय : ०९:५८:२८ , २ महिना अगाडि