रुपन्देहीमा भन्सार छली ल्याउदै गरेको ५० बोरा अबैध प्याज बरामद

रुपन्देही खबर , ८९५  पटक हेरिएको

भैरहवा, फागुन १८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको प्याज बरामद गरेको जनाएको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट बुधबार खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ घाघरा पुलबाट ५० बोरा प्याज बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अन्दाजी ९६ हजार मुल्य भएको अबैध प्याज आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०३-०१ , समय : १४:२७:५३ , २ वर्ष अगाडि