करिब डेढ घण्टासम्म बन्दभएको फेसबुक पुन चल्यो

रुपन्देही खबर , २५५  पटक हेरिएको

भैरहवा, फागुन २२

फेसबुक र इन्स्टाग्राम करिब डेढ घण्टापछि सञ्चालनमा आएको छ। मंगलबार राति ९ बजेतिर विश्वव्यापी रूपमा मेटाका प्लेटफर्महरू डाउन भएकोमा केहीबेर अघिदेखि सञ्चालनमा आएको हो। 

नेपाल लगायत विश्वभर फेसबुक अकाउन्ट आफैं लगआउट भएको थियो भने इन्स्टाग्रामको विभिन्न फिचरले काम गरेको थिएन। समस्याबारे मेटा कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति: २०२४-०३-०५ , समय : २३:००:३४ , १ महिना अगाडि