लुम्बिनीमा मोटरसाइकल एकआपसमा ठाेक्किदा एकको मृत्यु, ४ जना घाइते

रुपन्देही खबर , ९६२  पटक हेरिएको

लुम्बिनी, फागुन २५

रुपन्देहीको लुम्बिनी सांस्कृतिक न.पा. ६ स्थित भित्री सडकखण्डमा गएराती सवारी साधन दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन । लुम्बिनीबाट सुर्यपुरा तर्फ जादै गरेको लु ८७ प ४२१२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको लु २४ प ७८५ नं. को मोटरसाइकल एकआपसमा ठाेक्किदा कपिलवस्तु शिवराज न.पा.३ चन्द्रौटा घर भएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा कार्यरत बर्ष २४ प्रहरी जवान राजमन लोनियाको मृत्यु भएको छ ।

यस्तै गरि घाइते हुनेमा दैलेख महावु गा.पा. ०४ घर भई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा कार्यरत बर्ष २३ को प्र.ज. भुपेन्द्र शाही, गैडहवा गा.पा. ०३ बस्ने बर्ष ३४ को राजेश चौधरी, सोही स्थान बस्ने, बर्ष ३४ को पवित्रा चौधरी, र उनको ७ बर्षिय छोरी रिजिना चौधरी रहेका छ्न । घाईतेको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा इप्रका लुम्बिनी बाट प्रहरी निरिक्षक कञ्चन तामाङ को कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

प्रकाशित मिति: २०२४-०३-०८ , समय : ०५:३४:५४ , १ महिना अगाडि