छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगिताको उपाधी फर्साटिकरलाई

रुपन्देही खबर , ३२३  पटक हेरिएको

भैरहवा, फागुन २७

छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगिता ( २०८०) को शानिबार भएको फाइनल खेलमा फर्साटिकर युवा क्लव, फर्साटिकर बिजयी हुदै उपाधि चुम्न सफल भएको छ ।

खेल सम्पुर्ण युवा क्लव, तिलोत्तमा १४ सुपौली र फर्साटिकर युवा क्लव, शुद्धोधन ४ फर्साटिकर कडा प्रतिस्पर्धा भएको थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको फाइनल खेलमा फर्साटिकरले समपुणर्लाइ ३ को विरुद्ध ४ गोल गर्दै विजयी भएको हो ।

खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लवका टिकाराज गुरुङ भएको खेल संयोजक शेर बहादुर गुरुङले बताउनु भएको छ । खेलकुदले समाज साथै सिङगो देशको विकास गर्न सघाउने र यस्ता प्रतियोगाबाट स्थानिय खेलाडिको समेत हौसला बढने हुनाले खेल अत्यावस्यक रहेको समापन कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभासद माननीय तुलसी प्रसाद चौधरीले बताउनु भएको छ । उक्त अवसरमा खेलको स्तरउन्नतिका लागी लुम्बिनी प्रदेश सभासद माननीय तुलसी प्रसाद चौधरीद्धारा शिलान्यास गरिएको थियो ।

राष्ट्रका लागि खेल स्वास्थ्यका लागि रहेको र खेलको माध्यमबाट मानिस अनुशासित एवम आर्थिक रुपमा पनि सबल बन्न सघाउ पुग्ने समापन कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वर देवि चौधरीले बताउनु भयो ।प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमको सहभागीता रहेको थियो । स्व.खगी गुरुङसेनीको स्मृतिमा सम्पन्न भएको फुलबलको कल्बका संरक्षक तथा समाजसेवी क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेको प्रतियोगिताका विजेता टिम फर्साटिकर युवा क्लव, फर्साटिकरले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता समपुणर् युवा क्लव,सुपैलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । यस्तै नव टिकुलीगढ युवा कल्बका खेलाडी निराजन खत्री सर्वाधिक गोलकर्ता खेलाडी हुदै रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्रले सम्मनित हुनु भएको छ । यस्तै विद्यागत उत्कृष्ट खेलाडीमा समर्पुण युवा कल्बका सिर्जन क्षेत्रीले रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, र उदयमान खेलाडी समपुणर् युवा कल्बका निखिल पुनलाई रु.३ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

फर्साटिकर युवा कल्बका खेलाडी सुबान्कर जीसीले उत्कृष्ट गोलकिपर हुदै रु ३ हजार नगद राशि सहित मेडल र प्रमाण पत्रले सम्मानित भएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेश सभासद माननीय तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरी, तिलोत्तमा नगरपालिका वडा न १३ का वडा अध्यक्ष नारायण ढकाल, तिलोत्तमा नगरपालिका कार्यपालिका कार्यपालिका सदस्य रवि सेन्चुरी, तिलोत्तमा १३ का निर्वतमान वडा अध्यक्ष गणेश न्यौपाने, कल्बका संरक्षक क्याप्टेन नरजंग गुरुङ, कल्बका संस्थापक संरक्षक पदमा गुरुङ रहनु भएको थियो । यसैगरी अतिथिहरुमा वडा सदस्य केशवराज भण्डारी , करौजिया टोल विकास संस्थाका अध्यक्ष छविराम सोमै मगर, कल्बका पुर्व अध्यक्ष हरि थापा दर्लामी, कल्बका सल्लाहाकार गणेश प्रसाद काफ्ले, गोपाल काफ्ले, सन्त वहादुर वि.क, हरि वहादुर गुरुङ, रहनु भएको थियो । यस्तै जैष्ठ नागरिकमा नारायण पुन, आशा देवी थारु , नर वहादुर गुरुङ, दुर्गा वहादुर श्रीस, महानन्द भुषाल, टेक वहादुर गुरुङ, प्रहरी चौकी चिल्हीयाका प्रमुख सुदन पन्थी, रुपन्देही फुटवल संघ अध्यक्ष तथा तिलोत्तमा नगरपालिका खेलकुद संयोजक लोक पुन, पुर्व राष्ट्रिय खेलाडी जितबहादुर लामा, नेपाल मगर संघ रुपन्देहीका सदस्य कृष्णा सारु समाजसेवि चिप्रसाद गुरुङ, दिल वहादुर गुरुङ, ओम वहादुर राना लगायत खेल प्रेमी खेलाडी तथा , सहयोगी संघ संस्था तथा कलब, दर्शकहरुको सहभागीता रहेको थियो ।

तिलोत्तमा १३ करौजिया निवासी स्व. खगी गुरुङसेनीको स्मृतिमा आयोजना भएको फुटबल खेलमो प्रयोजन उहाको श्रीमान तथा क्लबका संरक्षत तथा समाजसेवी नरजंग गुरुङले मुख्य प्रयोजन गर्नु भएको थियो । छोराहरु मिन गुरुङ, सन्जय गुरुङ बुहारी इस्प्रिया गुरुङ, सुस्मा थापा गुरुङ र छोरी दिलमाया गुरुङ सपरिवारको मुख्य सहयोग रहेको थियो ।

कार्यक्रममा पुर्व राष्ट्रिय खेला तथा पुर्व राष्ट्रिय रेफ्री ९६ वर्षीय जितवहादुर राना मगर लाई स सम्मन गरिएको थियो । यस्तै फुटवल खेलका रेफ्री अमर पुन, प्रकाश नवाङ्ख, ववि छन्तेल र किरण थापालाई पनि कदर पत्रले सम्मान गरिएको थियो । यसैगरी विद्यागत उत्कृष्ट खेलाडी तथा खेलमा सहयोग गर्ने सहयोगी संस्था कल्ब , सन्चारकर्मी तथा सहयोगी हातहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

न्यु सिर्जना युवा कल्बका अध्यक्ष सोवित थापा दर्लामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कल्बका प्रचारप्रसार संयोजक तथा सल्लाहकार धनवहादुर चौधरीले गर्नु भएको थियो । खेल खेलौ, स्वस्थ रहौं राष्ट्रलाई टेवा पुर्‍याउ भन्ने नारा सहित स्व.खगी गुरुङसेनीको स्मृतिमा छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगीता २०८० भव्य रुपमा सम्पन्न भएको छ ।

प्रकाशित मिति: २०२४-०३-१० , समय : १२:३८:१२ , ९ महिना अगाडि