रुपन्देहीबाट २ लाख ८३ हजार भन्दा बढीको सामान प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , ४८९  पटक हेरिएको

भैरहवा, फागुन ३०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट २ लाख ८३ हजार २ सय रुपैया बराबरको सामान नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार जिल्ला तथा मातहतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको सामान नियन्त्रणमा लिएको हो
जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपालिका वडा नंम्बर ११ सिक्टहन बाट अबैध बोईलर कुखरा बरामद गरेको छ । ओमसतिया ५ गौरी बस्ने २१ बर्षिय गुल्जार अहमद मुसलमानले लु ८ प ५९१९ नंम्बरको मोटरसाईकलमा लैजादै गरेको एक लाख एक हजार दुइ सय रुपैया मुल्य बराबरको ६४ पिस बोईलर कुखरा प्रहरीले सिक्टहनबाट मोटरसाईकल सहित नियन्त्रणमा लिएको जनाएको छ । बरामद भएकोे कुखुरा नियन्त्रणमा लिई मोटरसाईकल र मानिसलाई समेत आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

यस्तै गरी ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले मंगलबार सिद्धार्थनगर नगरपालिका वडा नंम्बर १ बाइपास चोकबाट एक लाख २६ हजार ५ सय रुपैया बराबरको अबैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार लेडिज कपडा कुर्ता सुरुवाल र टप्स गरी ३५ थान, कारमा प्रयोग हुने इलोक्ट्रनिक सामान १ झोला र किराना सामानहरु सामान बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

यस्तै गरी ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले बुधबार सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ०१ कोटियामाई मन्दिर पछाडी बेवारिसे अवस्थामा रहेको प्लाष्टिकको कुचो सानो ठुलो गरि ४०० थान बरामद गरेको छ । ४० हजार मुल्य बराबरको अबैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै गरी प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले मंगलबार देवदह नगरपालिका वडा नम्बर ५ खैरेनी चोकबाट १ सय २५ किलो प्याज नियन्त्रणमा लिएको छ । चेकजाचको क्रममा अबैध रुपमा लैजादै गरेको ७ हजार ५ सय मुल्य बराबरको प्याज बरामद गरी आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको भटटले जानकारी दिनु भयो ।
यस्तै गरी प्रहरी चौकी गुलरियाबाट खटिएको प्रहरी टोलीले बुधबार सम्मरीमाई गाउँपालिका २ मुडिलाबाट २५ किलो बोइलर कुखुराको मासु बरामद गरेको जनाएको छ । ८ हजार मुल्य बराबरको अबैध मासु बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-१३ , समय : २०:१९:०८ , ८ महिना अगाडि