ओबीसी महासंघ लुम्बिनी प्रदेशको अधिवेशन यहि चैत्र २४ गते हुने

रुपन्देही खबर , ३६६  पटक हेरिएको

भैरहवा, चैत १

अखिल नेपाल पिछडा वर्ग ओबीसी महासंघ लुम्बिनी प्रदेशको अधिवेशन हुने भएको छ । बुधबार कपिलबस्तुमा बसेको ओबीसी लुम्बिनी प्रदेश कमिटीको समन्वय बैठकले यहि चैत्र २४ गते कपिलबस्तुको बिजयनगरमा अधिवेशन गर्ने निर्णय गरेको छ । ओबिसी लुम्बिनी प्रदेश संयोजक पशुपति यादवको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष बिनोद चौधरीको प्रमुख आतिथ्यतामा बसेको समन्वय बैठकले अधिबेशनको बिषयमा छलफल गर्दै अधिबेशनको तयारीका लागी कमिटी तथा उपसमितीहरु गठन गरेको छ ।

ओबीसी महासंघ लुम्बिनी प्रदेशको अधिवेशनका लागी बिनोद चौधरीको संयोजकत्वमा ९ सदस्यिय मुल कमिटी गठन गरिएको छ भने संजय कुमार गुप्ताको नेतृत्वमा १२ सदस्यिय आर्थिक कमिटी गठन गरिएकोे ओबिसी प्रदेश सचिव दिनेश कुमार यादवले जानकारी दिनु भएको छ ।

बैठकमा प्रदेश कमिटी सदस्य सदस्य अर्जुन के.सी.,धनेश यादव, केन्द्रिय सदस्य सहजराम यादव, राजेन्द्र प्रसाद मौर्या, ओबिसी प्रदेश सचिव दिनेश कुमार यादव, प्रदेश सल्लाहकार रामचन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०३-१४ , समय : ०८:०६:५४ , ४ हप्ता अगाडि