रुपन्देही खबर , २७९ पटक हेरिएको
भैरहवा, चैत्र ५
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघले रुपन्देही प्रहरीलाई साइकल हस्तान्तरण गरेको छ । सोमबार संघले भैरहवामा आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक डीएसपी मनोहर प्रसाद भट्टलाई साइकल हस्तान्तरण गरेको हो ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका सतिश कुमार कौसल दीपकले जिल्ला प्रहरी कार्यालयले यस नगरको आर्थिक गतिविधि हुने क्षेत्रको सुरक्षालाई लक्षित गरी बनाइएको गस्ती टोलीलाई साइकल हस्तान्तरण गरेको बताउनु भएको छ । सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न र विशेष गरी आर्थिक कारोबार हुने क्षेत्रमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न यो गस्ती टोली सफल रहने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्न नागरिकको भूमिका महत्वपूर्ण रहने बताउदै सुरक्षा बिना विकास हुन नसक्ने बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डीएसपी भट्टले संघले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई नागरिकको सहयोग अपरिहार्य रहेको बताउनु भएको छ । विशिष्ट अतिथि रुपन्देही सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष गोपाल रामदामले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीलाई सहयोग पुग्ने गरी नागरिकको साथ आवश्यक रहेको बताउनु भएको छ । संघका निवर्तमान अध्यक्ष प्रकाश मणि रामदाम संघले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न रचनात्मक कार्य गर्दै आइरहेको बताउनु भएको छ ।
सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका सतिश कुमार कौसल दीपकको अध्यक्षता, तथा संस्थाका सचिव मिलन विश्वकर्माको स्वागत तथा महासचिव सुनिल सेन्चुरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०३-१८ , समय : १४:५४:२९ , ९ महिना अगाडि