रुपन्देही खबर , २८९ पटक हेरिएको
भैरहवा, चैत १८
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका वडा नम्बर २ का वर्ष २० बर्षिय अजित हरिजन र सोही स्थान बस्ने १९ बर्षिय काजु चमार रहेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटका अनुसार शनिबार साझ ५ बजेको समयमा ओमसतिया गाउँपालिका वडा नंम्बर ४ रोहिणी पुलमा लागु औषध खैरो हिरोईनको कारोवार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देही तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोली दुबै जनालाई ४० ग्राम ९०० मिलीग्राम ब्राउनसुगर खैरो हिरोईन जस्तो देखिने पदार्थ लागु औषध सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीका लागी अदालतबाट दिन ७ म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको डिएसपी भटटले जानकारी दिनु भएको छ । उहाले लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरको मात्रा हेरी १० बर्ष देखी १५ बर्ष सम्म कैद र ७५ हजार देखी२ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको जानकारी दिनु भएको छ।
प्रकाशित मिति: २०२४-०३-३१ , समय : २०:२४:२४ , ५ महिना अगाडि