रुपन्देहीमा लागुऔषध सहित २ जना मानिस पक्राउ

रुपन्देही खबर , ४६५  पटक हेरिएको

भैरहवा, चैत २८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायाँदेवी गाउँपालिका वडा नम्बरं १ वस्ने ३२ बर्षिय अखलेश यादव र १५ बर्षिय परिवर्तित नाम भैरहवा ५२ रहेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक लक्ष्मी खनाल अनुसार इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले टोलीले मायाँदेवी गाउँपालिका वडा नं. ४ रमबापुरमा लागु औषध खैरो हिरोईनको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले निगरानी तथा चेकजाँच गर्ने क्रममा ७.८८० ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०४-१० , समय : १५:०४:४५ , २ महिना अगाडि