रुपन्देही खबर , ३२५ पटक हेरिएको
भैरहवा, चैत २९
इस्लाम धर्मावलम्बीहरूले आज इद इद–उल–फित्र मनाउँदै छन । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन । केही मुस्लिमले ‘इद(उल(फित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्छन ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौं महिना हो। यो पर्वको ७०औं दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन ।
यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना पनि जान्छन । इद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गरेका छन । सोही अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।
प्रकाशित मिति: २०२४-०४-११ , समय : ०९:०६:०५ , ५ महिना अगाडि