यौनिक तथा अल्पसंख्यक समुदायलाई समाज र सरकारले हेप्यो : बक्ताहरु

उर्मिला यादव यात्री , ६६०  पटक हेरिएको

बुटवल, बैशाख ५

यौनिक तथा अल्पसंख्यक समुदायलाई समाज र सरकारले हेपेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । स्थानिय तहका सरकारले समानताका जति कुरा गरे पनि त्यो ब्यवहारमा लागु नभएको उनीहरुको गुनासो छ । साहसि कदम नेपालले बुटवलमा मंगलबार आयोजना गरेको समाबेशीकरण र लोकतन्त्रको लागि रचनात्मक पहल कार्यक्रममा बोल्ने बक्ताहरुले यौनिक तथा अल्पसंख्यक समुदायलाई जब सम्म नागरिकको रुपमा हेरिदैन र उनीहरुको पहिचानलाई स्वीकार गर्न सकिदैन तबसम्म जति समानताका कुरा गरे पनि त्यो ब्यर्थको मात्र हुने बताएका छन । उनीहरुले स्थानिय सरकारले बातावरण मैत्री समुन्नत समानता युक्त शहर लगायतका नाराहरु राखे पनि यौनिक तथा अल्पसंख्यक समुदायलाई नागरिक सरह नहेरिदिदा उनीहरुको नारा नारामा मात्र सिमित भएको गुनासो गरेका हुन । उनीहरुले यौनिक तथा अल्पसंख्यक समुदायलाई स्थानिय सरकारले नागरिक सरह हेर्नुपर्ने जोड दिदै पहिचान सहितको नागरिकता लगायतका समस्याहरुलाई कसरी पहल गर्न सकिन्छ त्यस तर्फ ध्यानाकर्षण गराएका छन । यो समुदायलाई समाजले गरिरहेको दुब्र्यवहारले धेरै दुख खेप्नु परेको बताउदै उनीहरुलाई पनि मानिस सरह ब्यवहार सम्मान गर्नुपर्नेमा जोड दिएका छन ।

कार्यक्रमको उदघाटन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कार्यक्रमको उदघाटन गर्दै उपमहानगरपालिकाले समावेशिताको सिद्धान्तलाई अगाडि बढाएको बताउँदै बुटवल सबैको अभिभावक रहेको महसुस गराइरहेको बताउनु भएको छ । उहाले बुटवल उपमहानगरपालिका यौनिक तथा अल्पसंख्यक समुदायको हकहितमा रहेर काम गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा देवी अर्यालले यौनिक तथा अल्पसंख्यक समुदाय गणनामा नपर्दा मन दुखाए पनि स्थानिय सरकारको तर्फबाट मन नदुखाउने बताउनु भएको छ । उहाले सबैभन्दा पहिला पहिचान हुने नै स्थानिय सरकारसंग भएकोले यो पहिचानलाई सम्मानगर्दै अगाडी बढाउने प्रतिबद्धता गर्नु भएको छ ।

उहाले यौनिक तथा अल्पसंख्यक समुदायको हकहितका लागी बुटवल उपमहानगरपालिकाले बजेट बिनियोजन गरी साथ र सहयोग गर्ने बताउनु भएको छ । उहाले यो समुदायलाई सीप सिक्न आग्रह गर्दै स्थानिय सरकारले सीप सिकाएर सक्षम बनाउन तयार रहेको जोड दिनु भयो । उहाले आर्थिक बर्ष ८१,८२ को बजेटमा यौनिक तथा अल्पसंख्यक समुदायलाई पनि समेटने बताउनु भयो ।

यस्तै गरी साहसी कदम नेपालका अध्यक्ष आनिक रानाले यौनिक तथा अल्पसंख्यक समुदायलाई पनि नागरिक सरह समान अधिकार दिनुपर्ने बताउनु भएको छ । उहाले यो समुदायलाई उनीहरुको नैसर्गिक अधिकारबाट बन्चित गराउन नहुने बताउदै यो आफुले यो समुदायको हकहितका लागी अभियान नै संचालन गरी काम गर्दै आएको जोड दिनु भएको छ । उहाले मान्छेलाई मान्छेको सरह ब्यवहार गरेमा कोही पनि बिभेदमा नपर्ने बताउनु भयो । उहाले समाजमा भएका हिंसालाई रोक्नुपर्ने बताउदै महिला अधिकार, बिद्यार्थी अधिकार र बालअधिकारलाई जोड दिएर अगाडी लैजान आग्रह गर्नु भएको छ ।

अध्यक्ष रानाले यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका लागी २६ बर्ष देखी संघर्ष गर्दै आएको बताउनु भयो । उहाले समाज परिर्वतन गर्नका लागी हस्तान्तरण, पुस्तारन्तरण र रुपान्तरण हुन जरुरी रहेको उल्लेख गर्नु भयो । अध्यक्ष रानाले आफनो अभियानमा सबैलाई जोडिन आग्रह समेत गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा राममणी बहुमुखी क्याम्पसका बिद्यार्थी बिबेक खडकाले बोल्दै बिद्यार्थीहरुलाई साहसिक कदम नेपालले जुराएको यो अवसरबाट भोलिको भबिष्य यहि मंचबाट निधार्रण भएकोले जोड दिदै आयोजक संस्थालाई धन्यबाद दिनु भएको थियो । उहाले यौनिक तथा अल्पसंख्यक समुदायको हकहितका लागी लडदै आएको साहसी कदम नेपालले एकदिन स्वर्णीम इतिहास रच्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

उहाले यौनिक तथा अल्पसंख्यक समुदायको कार्यक्रम मार्फत धेरै कुरा सिक्न पाएको र यो समुदायलाई चिन्न समेत पाएको बताउनु भएको छ । उहाले लिंग र लैंगिकताका बारेमा बुझन नपाएको बताउदै यो कुरा सबैले बुझनुपर्ने बताउनु भयो । उहाले यौनिक तथा अल्पसंख्यक समुदायको पहिचानलाई हामीले स्वीकार गर्नुपर्र्ने बताउनु भएको छ । उहाले बिभिन्न कार्यक्रममा यो समुदायको सहभागिता आवश्यक भएकोले सबैले यो समुदायलाई सहयोग गर्नुपर्ने र यो समुदायको तर्फबाट खबरदारी गर्नुपर्ने जोड दिनु भयो । उहाले यो समुदायको हकहितका लागी सबैलाई एकजुट भएर अगाडी बढन आग्रह समेत गर्नु भएको छ ।

तीनदिन सम्म चलेको समावेशीकरण र लोकतन्त्रको लागि रचनात्मक पहल कार्यक्रममा आर्ट, डान्स, स्टोरी, पोएम, गजल, ड्रामा अन्तर्गत तेस्रो लिङ्गी महिला शायरा गुरुङ, रोजमगर, दिपेश ,स्नेहा राना, शास्त्रिय संगीत साधक बिबेक पंगेनी, अनमोल बानिया , लिलि थापा , समृद्धी बस्याल , आसिका थापा, बर्षा भुसाल ,दिपेश लामा, भुमिका पाण्डे ,बिबेक खड्का लगायतले आ आफ्नो प्रतिभा प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा साहसी कदम नेपालको सदस्य आसिका थापाको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रममा फ्रीडम स्टुडियो नेपालका कार्यक्रम संयोजक प्रतिक कर्मचार्य, बिशाल पाण्डे लगायतले आ आफनो भनाई समेत राख्नु भएको थियो । भने कार्यक्रम संचालन साहसी कदम नेपालका प्राबिधिक सल्लाहकार रेशम न्यौपाने र फाइनान्स म्यानेजर सुरज थापाले गर्नु भएको थियो । साहसी कदम नेपालका अध्यक्ष आनिक रानाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । ६ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको कार्यक्रममा ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०४-१७ , समय : १७:३८:४३ , ६ महिना अगाडि