लुम्बिनीमा स्राेता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम

सुरेश यादव , १६२  पटक हेरिएको

लुम्बिनी, बैशाख १६

पश्चिम नवलपरासीको पहिलाे रेडियो सामुदायिक रेडियो परासीकाे आयाेजनामा नव वर्ष २०८१ काे अवसरमा गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीमा स्राेता मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । 

रेडियाे परासीका कार्यक्रम गित बहारका संचालक एवम् प्राबिधिक सुरेश यादवकाे अध्यक्षता तथा गित बहार कार्यक्रमका उत्पादनकर्ता रेडियाे परासीका पुर्व कर्मचारी उमेश कुमार बि.क. काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । 


कार्यक्रम गित बहारका सार्वधिक विजेता,अधिक सहभागिता,सानै उमेरमा रेडियाे कार्यक्रममा सहभागिता जनाउने,गित बहार कार्यक्रमका प्रायाेजन गर्ने विभिन्न व्यवसायीहरुलाई प्रशंसा पत्र मार्फत सम्मान पनि गरिएकाे थियाे भने कार्यक्रममा रुपन्देहीका वरिष्ठ संचारकर्मी राजन चाैधरी,राष्ट्रिय थारु गायक सर्गम चाैधरी,शिक्षक फुलचन्द्र प्रजापति,मधेस मिडिया मिसन नेपाल नवलपरासीका काेषाध्यक्ष माेनु शर्मा,स्राेताहरुकाे तर्फबाट प्रकाश चाैधरी,बिरगंजका स्राेता बलिराम प्रसाद दास लगायतले बाेल्नुभएकाे कार्यक्रममा स्वागत मन्तव्य रेडियाे परासीका कार्यक्रम संचालक जितेन्द्र जानमले राख्नुभएकाे कार्यक्रम संचालक एवम् रेडियाेका विज्ञापन प्रमुख सुरेश यादवले जानकारी दिनुभयाे । 

साथै ११ सदस्यीय नवलपरासी स्राेता क्लब गठन गरिएकाे जसकाे अध्यक्षमा निल कुमार थारु,वरिष्ठ उपाध्यक्ष राजु खान,उपाध्यक्ष सीता चाैधरी,सजिव प्रकाश चाैधरी,सह-सचिव उषा हरिजन,काेषाध्यक्ष शेर बहादुर चाैधरी, सदस्यहरु गुड्डु हरिजन,सिकेन्द्र प्रसाद चाैधरी,कन्हैया यादव,पार्वती हरिजन र सुरेन्द्र सहानी  चयन हुनु भएकाे छ भने सल्लाहकार समितिमा रेडियाे परासीका कर्मचारी द्वय सुरेश यादव र गुड्डु बानिया मनाेनित हुनुभएकाे कार्यक्रम संचालक यादवले बताउनुभयाे ।

प्रकाशित मिति: २०२४-०४-२८ , समय : १७:२१:३४ , २ हप्ता अगाडि