इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

रुपन्देही खबर , २३२  पटक हेरिएको

भक्तपुर, बैशाख १९

चाँगुनारायण नगरपालिका–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्देश सुनुवार र ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख राजन कार्कीले इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै प्रहरी पुगेको बताउनु भएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उहाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०५-०१ , समय : २०:४५:५८ , ३ हप्ता अगाडि