भैरहवामा तोकिएभन्दा बढी भाडा लिने ट्याक्सी र चालक प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , ३०२  पटक हेरिएको

भैरहवा, बैशाख २२
भैरहवामा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीहरुलाई चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भैरहवाका विभिन्न स्थानहरुबाट ट्याक्सीहरुलाई चालकसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५ र लु १ ज ३२६३ नम्बरका ट्याक्टसी प्रहरी नियन्त्रणमा रहेको जानकारी दिनु भएको छ । उहाले यस बिषयमा थप अनुसन्धान कार्य भइरहेको समेत बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-०५-०४ , समय : १६:५५:५२ , २ हप्ता अगाडि